२०८२ को भविष्यफल

२०८२ को विस्तृत भविष्यफल र ग्रहगोचरको प्रभाव

यस वर्ष सिद्धार्थीनाम संवत्सर परेको छ। संवत्सरको फल भने शुभ रहनेछ।
यष वर्षको राजा सूर्य हुने, मन्त्री पदमा चन्द्रमा छन्।

२०८२ को भविष्यफल

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस्

२०८२ को भविष्यफल

वेदवेदांग धर्म संस्कार संस्कृतिको रक्षा विद्वान्‌हरूको जमघट राष्ट्र/राष्ट्रियताबारे एकता, सद्भाव सहकार्यमा अग्रसर गराउने काम गर्नेछ। वैरभाव अन्त्य गर्दै मेलमिलापमा बल पुर्‍याउनेछ।

यस वर्ष सिद्धार्थीनाम संवत्सर परेको छ। संवत्सरको फल भने शुभ रहनेछ। यष वर्षको राजा सूर्य हुने, मन्त्री पदमा चन्द्रमा छन्। सूर्य र चन्द्र परस्पर मित्रग्रह हुन्। राजा र मन्त्रीको मित्रभावमा गठित ग्रहरूले आ–आफ्नो जिम्वेवारीमा दत्तचित्त भएर काम गर्नेछन्। यो नेपालका लागि ऐतिहासिक वर्ष यसकारण बन्नेछ कि दुवै ग्रह नेपाल र नेपालीको हितमा काम गर्न तत्पर रहनेछन्। नेपालको राशिदेखि नवौं र दशम घरको मालिक नै राजा र मन्त्री बनेका छन्।

राष्ट्रिय झण्डाको महत्व

अर्को महत्वपूर्ण कुरा के छ भने हाम्रो राष्ट्रिय झण्डा चन्द्रसूर्य अंकित छ जो यस वर्षको राजा र मन्त्री छन्। अग्नि तत्व ग्रह र जल तत्व संयोगले वर्षामा खण्डवृष्टि, अतिवृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ।

वर्षारम्भको लग्न र ग्रहस्थिति

वर्षफल बनाउँदा वर्षको राजा मन्त्री वर्षारम्भको लग्न, लग्नको मालिकको अवस्था पनि महत्वपूर्ण हुन्छ। यी सबैलाई हेर्दा यस वर्ष वर्षारम्भ मेष लग्नमा भएको छ। लग्नमा पञ्चमेश सूर्य उच्च भई बसेको छ।

भाग्येश तथा द्वादशेश गुरु द्वितीय भावमा, सप्तममा चतुर्थेश चन्द्रमाको शुभ प्रभाव छ। सूर्य, वृहस्पति नेपाल देशको द्वितीय पञ्चमाधिपति गुरु दशमाधिपति सूर्य शक्तिशाली लग्नमा छन्।

वैज्ञानिक उन्नति र कृषि क्षेत्र

देशको राशिको द्वितीय पञ्चको भावको मालिक वर्ष लग्नदेखि नवौँभावको मालिक गुरु द्वितीय भावमा बसेको हुँदा देशका बौद्घिक व्यक्तिहरू मिलेर वैज्ञानिक कार्यमा अग्रसर हुनेछन्। वैज्ञानिक कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग पर्याप्त मिल्नेछ।

ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ। कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला, फलफूल तथा तरकारी, दूध एवं रस पदार्थ उत्पादनमा वृद्धि हुनेछ।

सुरक्षा संयन्त्र र सेनापति ग्रह

दशमको मालिक सेनापति ग्रह मंगल निच भई चतुर्थमा गुरुको नक्षत्रमा बसी दशममा उच्च दृष्टि दिएको छ। सप्तम एकादशमा समेत दृष्टि रहने हुँदा देशको बेथिति र विसंगतिले बढाउने भएकाले द्वन्द्व समाधानका निमित्त समन्वयका खातिर सुरक्षा संयन्त्र सक्रिय हुने सम्भावना छ।

यो योग आगामी जेठ २२ साँझसम्म रहनेछ। बुध, शनि, राहु तथा शुक्रसमेत वर्ष लग्नदेखि बाह्रौँ बसेकाले वैदेशिक व्यापारमा प्रशस्तै घाट हुने देखिन्छ।

आर्थिक चुनौतीहरू

राजस्वमा पनि गिरावट आउने योग छ। अलि अलि ब्यापार भए पनि आयातमुखी भएकाले सामान्य आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ। आर्थिक अवस्था जटिल हुनेछ।

लग्नेश सुरक्षाको अधिपति देशको चतुर्थ भावमा बसेको मंगलको वर्ष लग्नको चतुर्थ भावमा २०८२ जेठ २२ गते साँझ ७ः३० बजेसम्म कायम हुन्छ।

प्रतिकूल समयावधि

वैशाख २३ गतेसम्म बुध निच भई मीन राशिमा जेठ ४ गतेसम्म राहु र शनि पनि वर्ष लग्नदेखि बाह्रौँ रहने हुँदा समय अत्यन्तै प्रतिकूल हुनेछ।

यो समयमा घरेलु राजनीतिक शक्तिबीच चरम द्वन्द्व हुने, मूल राजनीति तरल हुने, अराजक समूह हावी हुने, राष्ट्र असफलतातिर उन्मुख हुँदै गर्दा विदेशी चलखेल बढ्ने अवस्था सिर्जना होला।

आन्तरिक कलह र बाह्य प्रभाव

देशमा आर्थिक कठिनाइका कारण आन्तरिक कलह चरम हुनेछ। यसैलाई बहाना बनाएर पश्चिमा शक्तिको सशक्त उपस्थिति बढ्दै जानेछ। त्यो कुरा उत्तर र दक्षिणतर्फ सैह्य नहुँदा उनीहरू पनि त्यसको विरुद्धमा खुलेरै अघि बढ्नेछन्। बाह्य शक्तिको घुसपैठमा राष्ट्रिय शक्ति कमजोर हुने सम्भावना बढ्नेछ।

यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा बाह्य सेना सूक्ष्म तरिकाले प्रवेश हुने सम्भावना बढ्नेछ।

धर्मयुद्ध र सनातनी शक्ति

धर्माधिकारी गुरु अष्टम रहँदाको समय बाह्य विपरीत धर्महरूले राष्ट्रिय धर्मलाई निस्तेज गर्ने गरी घुसपैठ हुँदै गर्दा स्वधर्म बचाउको लागि समान धर्मावलम्वीहरू सशक्त रूपले प्रतिकारमा उत्रने हुँदा धर्म बचाउन युद्ध हुन सक्छ।

अन्ततः २०७१ साउनमै धर्मयुग आरम्भ भइसकेकोले सनातनी शक्तिले विजय हासिल गरी जनचाहनाअनुरूप कार्य गरी देश र प्रजातन्त्रलार्ई अघि बढाउनेछन्।

ग्रहगोचरको परिवर्तन

यस वर्ष प्रतिकूल प्रभाव पर्ने देशमा वैशाख ३१ बाट गुरू मिथुन राशिमा प्रवेश हुने र मीनमा शनि पुग्नेछन्।

यो समय अमेरिका तथा हामी र हाम्रा निकट देश भारत, भुटान, चीनमा आन्तरिक कलह बढ्नेछ। यदि क्षेत्रीय शक्ति एकबद्ध नभएमा बाह्य आक्रमले संकटग्रस्त बनाउनेछ।

विश्वव्यापी प्रभाव

शक्तिशाली देश रसिया, बेलायत, जर्मन, जापान आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुने योग छ।

चीन, भारत, फ्रान्स शत्रुबाट घेरिनेछ। चीनको कूटनीतिक अवस्था कमजोर, खर्च वृद्घि हुने अवस्था रहन्छ। संंकटका साथै दैवीप्रकोपको सम्भावना, भुटान, भारत, श्रीलंका दैवीप्रकोपको र आन्तरिक कलहबाट संकटमा पर्न सक्छन्।

अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक वृद्घि राम्रै हुनेछ। युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन्।

धर्म र शक्तिको द्वन्द्व

यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति–शक्तिबीचको द्वन्द्व हुनेछ। मानव विनाश गराउने क्रियाकलाप बढ्न सक्छ। अन्ततः प्राचीन सभ्यता र आधुनिकताको प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य हुने संकेत ग्रहले गरेको छ।

यो वर्ष सत्यको जय र असत्यको पराजय सुनिश्चित हुने ग्रहगोचर छ।

राज्य सञ्चालन र राष्ट्रिय शक्ति

राजा सूर्य नेपालको राशिदेखि दशम स्थानको मालिक वर्षलग्नको पञ्चमाधिपति वर्ष लग्नमा, मन्त्री चन्द्रमा मन्त्री देशको राशिदेखि नवाँै स्थानको मालिक जो वर्षलग्नदेखि सप्तम भावमा रहेको ग्रहले राज्य सञ्चालन गर्नेछ।

देशको झण्डा चन्द्र सूर्यअंकित भएकाले अवस्थामा विकृति, विसंगतिलगायत अमानवीय कार्य ध्वस्त भई राष्ट्रलाई शक्तिशाली रुपमा विश्वसामु उभ्याउन सक्ने देखिन्छ।

राजनीतिक जटिलता र सैन्य कारक

यहाँ मुख्य बुझ्नुपर्ने कुरा के छ भने पहिलो वर्षाधिपति, दोस्रो जग लग्न र तेस्रो देशको राशि यी तिनैलाई मिलाउँदा २०८२ खासै नराम्रो देखिन्न। वर्षारम्भमा लग्नमा ग्रहगोचर प्रतिकूल सैन्य कारक ग्रह मंगल वर्षारम्भमा देशको चतुर्थ भावमा निच भइरहने भएकोले राजनीति जटिल बन्दै जानेछ।

विविध समस्या र संकट असारमा भइरहनेछ। वर्षलग्न मेषको मालिक मंगल साथै नेपाल देशलार्ई विचार गर्दा राजा मन्त्री बलवान् र देशको राशिमा बलियो देखिएको छ, राजनीतिक शक्ति विचार र विकासमा भन्दा विनाशतिर जानेहरूलाई।

सत्य र शक्तिको विजय

सेवाग्राही सचेत भई समन्वय गर्दै सत्य र शक्ति नै अघि बढ्नेछन्। सूर्य र चन्द्र राज्यको मुख्य पदमा भएकाले राजनीतिक देशमा शान्ति र अमनचैनका लागि सैन्य शक्ति प्रयोग हुने प्रवल सम्भावना छ।

नेपाल यो वर्ष अत्यन्त दुःखद क्षणलाई सुखद स्थितिमा पुर्याउन निर्णायक अवस्थामा पुग्नेछ। दैवीशक्तिको प्रभाले गर्दा विदेशी शक्ति आफ्नो अनुकूल नहुँदा पनि बाध्यताले जनचाहनाअनुरूप सहज सरल र सुखद मार्गमा जाने वातावरण यसै वर्ष बन्नेछ।

प्राकृतिक आपदा र दुर्घटना

अज्ञात रोग सिर्जना हुन सक्छन्। आँधी, हुरी, समुद्री तुफान, भूकम्प, बाढी पहिरोले जनधनको विनाश वर्षारम्भमै हुन सक्छ। शनि र राहु मीन राशिमै भएकाले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकाले विमान दुर्घटना हुन सक्छ।

दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ।

धर्म र राष्ट्रियताको संघर्ष

धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुनेछ। सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दासमेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन्।

शनिको प्रभाव र राशिफल

यस वर्ष शनि अढैया दशा कर्कट, वृश्चिक राशिलाइ समाप्त हुनेछ। मकर राशिको साढेसाती सकिनेछ। मेष राशिलाई साढेसाती आरम्भ हुनेछ कुम्भ, मीनमा साढेसाती दशा रहनेछन्। अढैया शनिको प्रभाव सिंह र धनुराशिलार्ई रहनेछ।

साढेसातीको प्रभाव जन्मकालमा शनि बलियो हुनेका लागि अनुकूल र कमजोर हुनेका लागि शनिको प्रभाव प्रतिकूल रहनेछ। अढैया भने कसैलाई पनि अनुकूल हुँदैन।

२०८२ को राशिफल

आफ्नो राशि अनुसारको विस्तृत फलादेश हेर्न र व्यक्तिगत परामर्शको लागि सम्पर्क गर्नुहोस्।