संवत्सर
पिङ्गल नाम संवत्सर
राजा: बुध, मन्त्री: शुक्र
संवत्
शाके संवत् १९४५
विक्रम संवत् २०८०
प्रभाव
शुभको प्रभाव बढ्दो
जिम्मेवारी पूरा गर्ने समय
वर्षको मुख्य विशेषताहरू
शाके संवत् १९४५, विक्रम संवत् २०८०, यस संंवत्सरकोराजा बुध, मन्त्री शुक्र रहनेछन् । बर्षारम्भमा शुभको प्रभाव बढिरहेको छ । आआफ्ना जिम्वेवारी इमान्दारीताका साथ पुरा गर्नेछन्। यस वर्षको संवत्सरको नाम पिङ्गल हो जसको फल यस प्रकार रहने छ–
पिङ्गल नाम संवत्सरले पित्तप्रकोप वायु विकार थरिथरिका अज्ञात रोगहरू प्रकट हुनेसम्भावना रहन्छ । बाढी, पहिरो प्राकृतिक प्रकोपले जनधनको क्षति हुनसक्छ ।औषधि उत्पादनबाट राज्यले सरसहयोग गरेमा अर्थिक लाभ राम्र्र्रै हुनेछ । आधुनिक वाहानहरू देशमा भित्रने छन् । २०८० सालको बर्षमा राजा बुध, मन्त्री शुक्र छन । राजा र मन्त्री दुवै एक अर्कामा मित्र भाव राख्ने अनि बुध राजा भएर शुक्रको नक्षत्रमा, शुक्र मन्त्री बनेर चन्द्रमाको नक्षत्रमा छन् । शुभ ग्रह भएकाले बर्षभरी शुभ कार्य धेरै हुने छन् । यज्ञ यज्ञादिमा रुचि बढ्नेछ । धार्मिक पर्याटनमा लाभ उठाउन सकिने बर्ष हो । वाणिज कारक बुध राजा भएको हुँदा निर्यातमा बढोत्तरी हुने छ । राजा मन्त्रीको नक्षत्रमा, मन्त्री चन्द्रमाको नक्षत्रमा बसेकोले महिलाशक्ति राज्य सञ्चलनमा र देश निर्माणमा पुरुषभन्दाअग्र हुनेछन् ।
विज्ञानमा चासो बढ्नेछ । प्राकृतिक श्रोतको खोजीमा जनचासो बढ्नेछ । यसवर्षको ग्रह गठनमाराजा र मन्त्रीलाई हेर्दा नपुंसक ग्रह राजा, स्त्रीग्रह मन्त्री पदमा आसीन छन् । राज्य सञ्चालनमा मन्त्रीको प्रभाव बढी हुनेछ । वाणिज्यकारक बुध, विज्ञानकारक शुक्रको विशेष प्रभाव रहने हुँदा वर्षको आरम्भमा अधिकार प्राप्तिका अवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन् । धर्म र न्यायका निमित्त महिलाहरूले प्रभावशाली भूमिका निभाउन र ठोस कार्यलाई अगाडि सार्ने प्रयत्नगर्ने छन् । मन्त्री पदमा आसीन शुक्रले प्रसासनिक दक्षतालाई महिला तथा वैज्ञानिकहरूबाट निर्देशनात्मक तबरले बढावा दिनेहुँदा राजनीतिलाई प्रतिबद्धताउन्मुख गराउन बल पुग्नेछ ।
दिग्भ्रमित भइरहेका बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू महिलाद्वारा नियन्त्रित हुने हुँदा बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुसित, मानवविरोधि जमातहरू निस्तेज हुने सम्भावना रहन्छ । बौद्धिक ब्यत्तित्वहरूको एकताले अनैतिक कार्य गर्नेहरू विश्वभर तरङ्गित हुनेछन् । विचार गरौँ राजा, मन्त्री दुवै ग्रह एक अर्कामा मित्र भाव राख्ने हुँदा सैन्यशक्ति भने राज्य राष्ट्र र धर्मलाई केन्द्रमा राखी विकृति र विसङ्गतीलाई अन्त्य गर्न अघि बढ्न सक्छ ।
राजनैतिक र प्रशासनिक चुनौतीहरू
राजनैतिक दलहरूले नियन्त्रणमा लिने प्रयास गर्दाराजनीतिमा स्वेक्षाचारी बढ्ने सम्भावना रहन्छ । परिणामस्वरूप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू सङ्गठित हुँदा शुभ ग्रहको प्रभाव बलियो रहेकोले सबैले धैर्य धारण गर्दै समन्वयतिर जोडिने प्रयास गर्नेछन् । त्यसबाट सकारात्मक प्रभावलाई बल पुग्नेछ । संयम र सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्नेछ ।
यसवर्षको वर्ष प्रवेश कन्या लग्नमा भएको छ । यो द्विस्वभाव लग्न भएकाले राज्य सञ्चालकहरू द्विविधामा पर्न सक्ने सम्भावना हुन्छ । लग्नेश,चतुथेश, सप्तमेश र दशम भावको मालिकद्वारा बनेको लग्नादि योगले वलियो बनाएको छ । भाग्येश, पञ्चमेशको महत्वपूर्णले भूमिका हुन्छ । ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सवैको अवस्थालाई मिलाउनुपर्दछ ।
ज्योतिषीय विश्लेषण
बर्ष आरम्भ हुँदा चन्द्रमा मकर राशिमा बस्छ । नेपालको राशिदेखि तृतीय स्थानमा भएकोले शुभ हो । लग्नेश र दशमेश भई वुध बर्ष लग्नबाट अष्टम भावमा लग्नादि योग बनाएर रहँदा बलशाली हुन्छन् । सप्तमेश र चतुर्थेश गुरु, जगलग्नदेखि सप्तम भावमा छन् । गुरु बर्षारम्भ हुँदाको समयमा नेपालको राशिदेखि पञ्चम भावमा,अस्त छन्। बर्ष लग्नदेखि सप्तम भावमा बसेर लग्नमा दृष्टि दिने हुँदा देशले गति लिने छ। नवमेशर द्वितीयेश शुक्र नवम भावमा रहेको छ । लग्नेश तथा दशमेश बुध, चतुर्थेश र सप्तमेश गुरु, पञ्चमेश शनिबाट बनेको लग्नादि योगले बलशाली बनाएको छ ।
२०८० सालको बर्षारम्भमा दशमभावमा सेनाधिपति मङ्गल मकर राशिमा, चन्द्रमा, सूर्य, बुध राहु अष्टमभावमा, शनि षष्ठ भावमा कुम्भ राशिमा रहेकाले ग्रहस्थितिले निक्कै उचारचढावको सामना गर्नुपर्ने छ । विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ । केही गरी सावधानी नअपनाए न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न खोज्छ । यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ । थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुने छ । सुजवुझका साथ काम गरे संकटबाट सहजतामा जाने उपयुक्त वातावरण बन्नेछ । यस प्रसंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्णहुन्छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय भविष्यवाणी
यस वर्ष बर्षारम्भमा लग्नादि योग मेष राशिको राहुले बनाएको छ । यसको मुख्य फल प्रायः उतारचढाव आउने हो । यस्तो समयमा संकटको सामना गर्नुपरे पनि परिणम सकारात्मक निस्कने छ । प्रयास गरेमा वर्षारम्भको दिन चन्द्रमा देशको राशिदेखि तृतीय स्थानमा भएकोले ग्रह अति बलिया छन् । राहुर सूर्य एकसाथ ग्रहण योगमा रहनेछन् । यसलाई ग्रहका हिसावले अशुभ कोणबाट बुझे पनि मेषको राहु र उच्च सूर्यले अष्ट भावमा लग्नादि योग बनाएर रहेको हुँदा मिलाएर हेर्दा यसबाट लाभका अवसरहरू विशेषत नेपालका लागि धेरै हुने छ ।
वर्षको राजा र मन्त्री पदमा रहेका ग्रह बर्ष लग्न र देशको राशिबाट अनुकूल रहँदा शुभ मानिन्छ । मंगलको सम्बन्ध रगत, पृथ्वी,रोग, आगो, हातहतियार र सेनामा रहन्छ। यस बर्ष मङ्गल बर्षारम्भ लग्नदेखि दशममा देशको राशिदेखि अष्टममा रहेका छन् । २०८० वैशाख २९ गतेसम्म मंगल मिथुन रहँदा राजनीतिमा संकट, आगलागी, भूकम्प, आँधीहुरीका साथै विमान दुर्घटनामा महत्वपूर्ण व्यक्तिको निधन हुन सक्छ ।
शुक्रको सम्बन्ध सम्पूर्ण विज्ञान, विषेशतः स्वास्थ विज्ञान, स्त्री, भोगविलाश, सुन्दरता, सम्भोगमा रहन्छ । बर्षारम्भमा बर्ष लग्नदेखि नवम र देशको राशिबाट सप्तम कूटनैतिक भावमा रहने हुँदा महिला हिंसामा अग्रसर पुरुष र महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द बढ्न सक्ने र संयमित महिलाहरूले उच्छ्रिङ्खल पुरुषहरूलाई किनारा लगाउने देखिन्छ ।
आर्थिक र प्रशासनिक भविष्यवाणी
वर्षलग्नदेखि अष्टम मेषमा राहुसहितको सूर्य, बुधले देशको आर्थिक अवस्था कमजोर हुनेछ । बर्षारम्भमा बनेको लग्नादि योगको बल बार्षान्त्यसम्म रहनेछ । यस्तो समयमा उतार चडाव धेरै आउने सम्भावना रहन्छ । तृतीय भावमा चन्द्र भाग्यभावमा शुक्र रहेको हुँदा राज्यकोषलाई मिलिजुलि खाने प्रयासलाई निस्तेज गर्दै उपलब्धिमुलक कार्यमा अधिक खर्च गर्ने प्रयास हुनेछ ।
लग्नेशद्वारा लग्नादि भएकोले देशको आमदानी बढाउने छ । शिक्षा र धर्मकारक सप्तम दशमका मालिक गुरु बर्ष लग्नदेखि चतुर्थ, सप्तम भावको मालिक गुरु बर्षारम्भमा देशको राशिदेखि पञ्चम रहँदा शिक्षा र धर्मका नाममा राज्यकोषबाट धन लुट्नेहरूलाई बौद्धिक वर्ग र जनसमुदायबाट कडा प्रतिकार यस बर्ष हुन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध
यस बर्ष बङ्गलादेश,श्रीलङ्का र नेपालको लागि राम्रो चीन, भूटान, भारत, अफगानीस्थानलाई प्रतिकूल पाकीस्थान मध्यम छ ।यस वर्ष पश्चिमा मुलुकहरूको अवस्था उतावचडाव रहने छ । यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता वढ्नेछ । विषेश गरी समुद्री ज्वालामुखी, आँधीकाकारण विश्व तरङ्गित हुनसक्छन् ।
अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाईको सामना गर्दै आफूलाई शक्तिमा उभ्याउने छ । जापान, जर्मनले ऐतिहासिक सफलता पाउने छन् तर प्राकृतिक प्रकोपको भागीदार पनि हुनेछन् । भारतमा आन्तरिक कलह बढ्ने, राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ । भारत र पाकीस्थान, बर्मा, भारत बिचकूटनैतिक सम्बन्ध चिसिनगई युद्ध हुन सक्छ । चीन र भारत बिचमा पनि खटपट हुने सम्भावना छ ।
उपचारात्मक उपायहरू
यो वर्ष मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीन राशिलाई आद्य साढेसाती रहनेछ । कर्कट तथा बृश्चिक राशिलाई अढैया शनि रहनेछ । शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ । अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने, राम्रो भने कसैलाई नगर्ने हुन्छ ।
साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने । शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी 'शनिको दशा नाश होस्' भनेर दश कदमपछि हटी नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने । २ मिटर कालो कपडापछाडिबाट बगाउने, 'मेरो शनि दोष बगोस्' भनी बगेकोलाई नहेर्ने । यसले गर्दा शनिको दोष कम हुन्छ । यो व्यावहारिक प्रयोगले थाहा भएको हो ।
व्यक्तिगत परामर्शको लागि
आफ्नो व्यक्तिगत राशिफल र भविष्यफलको लागि पण्डित ओजराज उपाध्याय लोहनीसँग परामर्श गर्नुहोस्।